दफा १०
सम्झौता गर्नुपर्ने
(१) संस्थाले लघुकर्जा दिँदा सो कर्जाको सुरक्षण तथा उचित प्रयोगको लागि आवश्यकता अनुसार शर्तहरू राखी ऋणीसँग लिखित रूपमा सम्झौता गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्झौता गर्दा संस्थाले जतिसुकै अवधिको भाखा राख्न, संस्थाले तोकेको शर्त भङ्ग गरेमा ऋणीले लिएको साँवा ब्याज फिर्ता बुझाउन लगाउन वा ऋणीले लिखत गरी दिएको सुरक्षण वा सामूहिक जमानीबाट असूलउपर गर्न सक्ने गरी शर्त तोक्न सक्नेछ ।
तर संस्थाले ऋणीसँग सुरक्षण लिँदा समूहसँग असम्बन्धित व्यक्तिको सुरक्षण लिने छैन ।